Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

टेक्निसियनसँग एलिना चौहानको चर्काचर्की

टेक्निसियनसँग एलिना चौहानको चर्काचर्की

  • काठमाडौं । गायिका एलिना चौहान पुन: एकपटक विवादमा तानिएकी छन् । चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरेकी छिन् । ती प्राविधिकले चाहिँ पहिले आफ्नो भोकललाई क्लियर गर्न र हामीसँग लेबल माग्नु’ भनेका छन् ।

    त्यसपछि एलिनाले भनेकी छन्, ‘पहिलो तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो, आफ्नो गल्ती‘यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन क्या । बुझ्नु भो नि । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन अनि । लाज लाग्दैन यस्तो बोल्नलाई ?’

    त्यसको जवाफमा टेक्निसियनले भनेका छन्, ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’

    त्यसपछि एलिनाले आयोजकका व्यक्तिहरूसँग कुरा गरिन् । साउन्डमा सुधार नभएपछि उनले अन्तिम गीत गाउन सकिनन् । उद्घोषले एलिनालाई धन्यवाद दिए ।

    पर्वतमा आइतबार ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’अन्तर्गत स्टेज पफर्मेन्सका क्रममा एलिनाको टेक्निसियनसंग विवाद भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij