Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेदरल्याण्ड्ससँग नामिबिया पराजित

नेदरल्याण्ड्ससँग नामिबिया पराजित

  • काठमाडौं । नामिबियालाई नेदरल्याण्डसले ५९ रनले पराजित गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो ।

    यो जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो । त्यस्तै नामिबियाको भने २ खेलमा यो पहिलो हार हो । नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो ।

    अब सिरिजको अर्को खेल शुक्रबार नेपाल र नामिबियाबीच हुदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij