Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

क्रिकेट नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

क्रिकेट नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

  • काठमाडौं । नेपाललाई नेदरल्याण्डसले २ रनले पराजित गरेको छ । नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो ।

    images
    images
    images

    नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ६३ रन बनाएर आउट भएका थिए ।

    त्यसैगरी आसिफ सेखले ३४ रन बनाए भने कुशल मल्लले ११ र करण केसीले ११ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

    नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।

    त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।

    जारी सिरिजमा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले हारेको थियो । अब अर्को खेल विहिबार नामिबिया र नेदरल्याण्डससँग हुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij