Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

धितोपत्र बोर्डको अध्यक्षमा खुल्यो आवेदन

धितोपत्र बोर्डको अध्यक्षमा खुल्यो आवेदन

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलेको छ । मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको छनोट समितिले कार्यविधि सार्वजनिक गरेसँगै अध्यक्ष पदका लागि आवेदन खुलाएको हो ।

    अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने व्यवस्था छ ।

    images
    images
    images
    छनोट समितिले अध्यक्ष छनौटका लागि मूल्यांकन आधार पनि तयार गरेको छ । व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा ४० अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणमा १८ अंक र अन्तरवार्तामा ३० अंक तोकिएको छ । 

    सबैभन्दा धेरै अंक प्राप्त गर्नेमध्ये तीन जना छानेर सरकारलाई सिफारिस गरिन्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij