
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहिबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij