
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । नेपालले वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले सिरियालाई साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा मङ्गलबार राति भएको खेलमा ४-१ गोलले हरायो ।
नेपालको जितमा आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गर्नुभयो । सिरियाका लागि कप्तान नुर मुस्ताफाले एक गोल फर्कार्नुभयो । जितसँगै समूह बी मा रहेको नेपालले तीन अङ्क जोडेको छ ।
यस खेलबाट नेपालका लागि सरस्वती हमालले नेपालका लागि ‘डेब्यू’ गर्नुभएको छ । नेपालले दोस्रो खेल बिहीबार इराकसँग खेल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij