Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

एमाले केन्द्रीय कमिटीको सातौं बैठक च्यासलमा जारी

एमाले केन्द्रीय कमिटीको सातौं बैठक च्यासलमा जारी

  • काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौं बैठक च्यासलमा बसिरहेकाे छ । ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने छ ।

    images
    images
    images

    महासचिव शंकर पोखरेलकाअनुसार बैठकमा सङ्गठनात्मक कामको प्रतिवेदन प्रस्तुत गरिनेछ । पार्टीका नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा गम्भीर विचलन देखापरेको भन्दै एमालेको सचिवालयको छैटौँ बैठकले सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो ।

    images

    केन्द्रीय कमिटी बैठकले यसबारे ठोस कार्ययोजना बनाउने महासचिव पोखरेलले बताए । मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत गरिने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij