
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । राधी विद्युत कम्पनीद्धारा प्रवर्द्धित राधी साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । ४.४ मेगावाटको आयोजना गत असार २२ गते अविरल रुपमा भइरहेको वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्याएको थियो ।
सो पहिरोका कारण आयोजनाको डेडवर्क्स र हेडरेस पाइमा क्षति पुगेको थियो । उक्त आयोजनाको फागुन ५ गते शनिबार टेस्टिङ्ग भएको थियो । क्षति भएको ७ महिनापछि फेरि विद्युत उत्पादन सुरु गरेको हो ।
त्यसयता अर्थात् गत असार २२ गते राती ९ बजेबाट आयोजना बन्द छ । तर, हाल उक्त समस्याको समाधान गरि फागुन ६ गतेदेखि पुन: संचालनमा आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij