
Apr 08 2025 | २०८१, चैत २६ गते
प्रहरी वृत्त स्वयम्भूले डिएसपी तुलसिंह केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शनिबार राति केसीले हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोप छ ।
उनले भिडिओ खिचेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । पोखरास्थित नम्बर ४ बाहिनीमा कार्यरत उनी बिदामा थिए । कसैको अनुमति बिना तस्बिर वा भिडिओ खिच्न नपाइने भन्ने कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij