Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो

  • काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायव उपरीक्षक हरि वलीका  अनुसार सनाखत भएका मृतकमा रौतहट औराही- ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका- १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का  २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट  रहेका छन् ।

    यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त– २  का  सुदीप भट्ट र पुनरवास –९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।

    महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको  सडकबाट दुई सय मिटर तल खसेको थियो ।

    कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij