
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक जना अधिकृतले जानकारी दिए । ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका ५० वर्षीय जयहरि घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij