
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सांसद अमरेशकुमार सिंहले मुलुकको बेथितिको जरो नै सरकार रहेको बताएका छन् ।
बुधबार बसेको संसद् बैठकमा भाग लिँदै उनले भने, “सरकार आफैँ धामी-आफैँ बोक्सीको स्टन्ट गर्छ । बेथितिको जरो नै सरकार हो ।” सरकारकै संरक्षणमा सरकारी सम्पत्ति लुट्ने काम भइरहेको उनको आरोप छ । “सरकारकै संरक्षणमा, सरकार चलाउने दलहरूकै संरक्षणमा देशका सार्वजनिक/सरकारी सम्पत्तिहरू लुटिएको हो,” उनले भने ।
बाँसबारी छाला जुत्ता कारखानाको सन्दर्भ जोड्दै उनले भने, “सरकारले समात्यो । तर, २ घण्टा नबित्दै प्रधानमन्त्रीदेखि गठबन्धनका नेताहरूको फोन जान थाल्यो । छोड्नुस्, छोड्नुस् ती नै व्यवसायीहरूको पैसाले पार्टी बचाइरहेका छौँ भने । त्यसपछि विचरा के गरोस् प्रशासन । त्यसैले बेथिति नै सरकारले सुरू गरिरहेको छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij