
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दैछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बिहान ११ बजेबाट सिंहदरबारमा बस्न लागेको हो ।
पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो । तर, गत असारमा बसेको पहिलो बैठकले गरेका निर्णय कार्यान्वयन नभएको भन्दै गत पुसमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले हेटौँडामा बैठक बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ध्यानाकर्षण गराएका थिए ।
आज बस्ने बैठकमा भाग लिनका लागि मुख्यमन्त्रीहरूसहित परिषद् सदस्यहरू काठमाडौं आइसकेका छन् । उक्त बैठकको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij