
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् ।
ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले असलमलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो । असलम चैत २९ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हुनेछ ।
यसअघि उनी सन् २०१२ मा पनि दशरथ रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका थिए । असलमको कार्यक्रममा नेपालका चर्चित कलाकारको समेत सहभागिता रहने आयोजक संस्थाका जीतबहादुर लामाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij