
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । खेलकुद मन्त्री डिगबहादुर लिम्बु र भारतका सूचना, प्रसारण, युवा मामिला तथा खेलकुद मन्त्री अनुराग ठाकुरबिच भेटवार्ता भएको छ ।
दिल्लीमा बुधबारदेखि हुन गइरहेको खेलकुदसम्बन्धी बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप २०२४ को कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका लिम्बुले भारतीय मन्त्री ठाकुरसँग भेटघाट गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पहिलो पटक बिमस्टेक अन्तर्गत हुन गइरहेको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति आफूलाई गर्व लागेको मन्त्री ठाकुरले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij