
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । हास्य टेलिशृंखला 'सक्किगोनी' का टिमले फिल्म बनाउने भएका छन् । उनीहरू यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन् । टेलिशृंखलाका जिग्री (कुमार कट्टेल), कक्रोज (हरिश निरौला) र काकु (दीपक आचार्य) नौबिसेमा स्क्रिप्ट लेखिरहेका छन् ।
'हामी दुई हप्तादेखि फिल्मको स्क्रिप्ट लेखिरहेका छौं । स्क्रिप्ट तयार भएपछि हामी फिल्मको आधिकारिक घोषणा गर्ने तयारीमा छौं,' दीपक आचार्यले भने ।
फिल्ममा 'सक्किगोनी' का टिम र कथाको माग अनुसार अन्य कलाकारको अभिनय रहने आचार्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij