
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । धनगढीमा फागुन २ गतेका दिन भ्यालेन्टाइन दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ ।
मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो । आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ ।
प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने,पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ । प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ । आयोजकले [email protected] अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन सकिनेछ ।
प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले माघ २९ गतेभित्र आयोजकलाई इमेल वा ह्वाट्सप मार्फत प्रेमपत्र पठाइसक्नुपर्ने छ । प्राप्त भएका पत्रमध्ये उत्कृष्ट १० पत्र लेखकलाई प्रेमपत्र प्रतियोगिता २०८० को फाइनल कार्यक्रममा बाचन गर्न लगाइने छ । उत्कृष्ट १० मध्ये प्रथम, द्वितीय र तृतीय पत्रलाई नगद र उपहारसहित पुरस्कृत गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij