
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । भारतको गोवालाई नेपाली सांसदहरूको टोलीले नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका छन । भारतको पर्यटकीय राज्य गोवामा आउने पर्यटकलाइ नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका हुन ।
अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेका टोलीले उक्त प्रस्ताव गरेको सांसद हरी उप्रेतीले जानकारी दिएका छन । ‘हामीले गोवालाइ पोखरासँग जोडन प्रस्ताव गरेका छौं, उनीहरू सकारात्मक रहेका छन्,’ उप्रेतीले भने, ‘तर, त्यसका केही कानुनी जटिलता र सबन्ध सुधारका लागि काम गर्ने भनेर कुरा अघि बढेको छ ।’
भारतीय संसदको अन्तराष्टिय समितिको निमन्त्रणामा भारत गएको नेपाली सांसदको टोलीले भारतीय बिदेश मन्त्री यस जयशंकरसहित गोवाका मन्त्रीहरूसँग भेटबार्ता गरी नेपालको हितका ’boutमा कुराकानी गरेको सभापति यादवले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij