
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाको भुरा छोडिएको छ । शुक्रबार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखारास्थित फेवातालमा माछाका भुराहरु छोडिएको हो ।
पोखरा महानगरपालिका-६ को सहयोगमा भुराहरु छोडिएको जलाहारी समुदायका ज्ञानबहादुर जलाहरीले बताए । उनले जलाहारीहरु समुदायका लागि आज धान रोपाइँको दिन भएको बताए ।
फेवा तालमा यसरी भुरा नछोड्ने हो भने आफूहरुको कसौँडीमा खाना नपाक्ने बताए । उनले वडा नम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलो पटक वडा स्तरीय बजेट पाउँदा खुशी लागेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij