
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली कांग्रेसका सांसद व्यवसायी समेत रहेका विनोद चौधरीले शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोलेका छन् ।
उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा बिहीबार पक्राउ परेका सहोदर भाइ अरुण चौधरीका बारेमा बोलेका हुन् । प्रमुख सचेतक रमेश लेखकका अनुसार विनोद चौधरीले संसदीय दलका नेता एवम् सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।
“उहाँले अरुण चौधरीबारे जानकारी दिनुभयो र त्यो कुरालाई गम्भीरताका साथ लिन नेता तथा सांसदहरूको ध्यानाकर्षण गराउनुभयो,” प्रमुख सचेतक लेखकले भने ।
बिहीबार जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरी ग्रान्डी अस्पतालमा छन् । नियमित स्वास्थ्य जाँचका लागि चिरायू अस्पताल पुगेका उनी त्यहाँबाट शुक्रबार ग्रान्डी रिफर भएका हुन् ।
उनलाई अदालतले थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij