
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । ३२ बर्षिय भारतीय मोडेल पूनम पाण्डेको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको जानकारी दिइएको छ ।
परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत पूनमको निधन भएको जानकारी दिएका हुन् । म्यानेजर निकिता शर्माले दिएको जानकारी अनुसार पूनम पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् ।
पूनम सामाजिक सञ्जालमा गर्ने पोस्ट र मोडलिङबाट परिचित थिइन् । त्यस्तै उनी रियालिटी टेलिभिजन शो ‘लकअप’ बाट समेत चर्चामा आएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij