
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । गण्डकी प्रदेशलाई प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले १३३ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३९.१ ओभरमा १३२ रनमा अलआउट भएको हो । आर्मीका लागि इम्रान शेखले ३४ र सोमपाल कामीले २३ रन बनाए । गण्डकीका लागि कृष्ण पौडेल, विपिन खत्री, अमृत गुरुङ र कमल परियारले २–२ विकेट लिए ।
सन्दीप पराजुली र रोशन गौतमले भने १–१ विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij