Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

अमेरिकी लडाकु बिमान दक्षिणी कोरियामा दुर्घटनाग्रस्त

अमेरिकी लडाकु बिमान दक्षिणी कोरियामा दुर्घटनाग्रस्त

  • काठमाडौं । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ ।

    images
    images
    images

    सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, बिमान दुर्घटना भए पनि पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका छन र उनलाइ कोरियाली समुद्री बलले उद्धार गरेको थियो ।

    एफ १६ फाइटिंग फाल्कन ८ औं फाइटर विंग स्थानीय समय अनुसार बुधबार बिहान लगभग ८ः४१ बजे मा दुर्घटनाग्रस्त भएको हो । ‘पाइलटलाई गणतन्त्र कोरिया सामुद्रिक बलले बरामद गरेको छ र उनको अवस्था स्थिर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीलाई कुनसान एयर बेसमा फिर्ता गरिएको छ जहाँ उनको थप उपचार हुनेछ भने दुर्घटनाको कारण खोजिनेछ ।’

    तर, अमेरिकाले ती पाइलटको नाम भने सार्बजनिक गरेको छैन, न त उनको अवस्थाको बारेमा थप विवरणहरू बाहिर प्रकाशमा ल्याएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij