
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपाली जनप्रगतिशील जापानको मञ्च अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन् । मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण सत्याल, भुवन हुमागाईँ र रामकृष्ण भण्डारी रामप्रसाद गैरे रहेका छन् । यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी ), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला, गोविन्द प्रसाद पौडेल रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा. भुपालमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् । अधिवेशनको उद्घाटन माओवादी केन्द्रका नेताहरू लक्ष्मण पन्त र ओम शर्मा लगायतले गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij