
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । अमेरिकाको अलाबामामा एक व्यक्तिलाई नाइट्रोजन ग्यासले मृत्युदण्ड दिइएको छ ।
५८ वर्षीय हत्यारा केनेथ यूजीन स्मिथलाई अमेरिकी इतिहासमै पहिलो पटक नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइएको हो । यो विधिबाट मृत्युदण्ड दिन नहुने भन्दै अधिकारकर्मीले चर्को विरोध गरेका थिए । तर, उनलाई बिहीबार सोही विधिबाट मारिएको बीबीसीले जनाएको छ ।
यसअघि उनलाई घातक सुई दिएर मार्ने प्रयास गरिए पनि असफल भएको थियो । सुई दिन हातमा नशा फेला नपरेपछि उनी बचेका थिए । उनलाई सन् १९८९ मा एक प्रचारककी श्रीमती एलिजाबेथ सेनेटको हत्या अभियोगमा दोषी ठहर गरिएको थियो ।
अमेरिकाको मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ विश्वको कुनै पनि ठाउँमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij