Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नेपाली अभिनेत्री निरिषाले हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा अभिनय गर्ने

नेपाली अभिनेत्री निरिषाले हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा अभिनय गर्ने

  • काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेतको हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा अभिनय रहने भएको छ । सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल अभिनयका लागि उनी हालै अनुबन्धित भएकी हुन् ।

    images
    images
    images

    मुम्बईलाई कर्मथलो बनाउँदै आएकी उनी यस अगाडि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि देखिएकी थिइन् । लकडाउनको समयमा उनले हिन्दी सिरियल ‘तेनाली रामा’मा समेत केमियो भूमिका निर्वाह गरेकी थिइन् । जसमा उनको चिनियाँ युवतीको गेटअफ रहेको थियो ।

    स्वदेशमा भने उनले फिल्म ‘जानी नजानी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । केही पहिले प्रदर्शनमा आएको फिल्मले व्यवसायिक लाभ भने उठाउन सकेन ।

    फिल्म ‘अलादिनः नाम तो सुना होगा’को अहिले सुटिङ भइरहेकोछ । सिरियलमा बस्नेतको नेगेटिभि भूमिका रहेको छ । सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij