Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नक्कली पेस्तोल देखाइ लुटपाट गर्न खोज्‍ने दुईजना पक्राउ

नक्कली पेस्तोल देखाइ लुटपाट गर्न खोज्‍ने दुईजना पक्राउ

  • काठमाडौें । सुनसरी इटहरी उपमहानगरपालिका-६ मा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटको योजना बनाइरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण  भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    धनकुटा छथर जोरपाटी गाउँपालिका-५ का ३० वर्षीय दावा छिरिङ शेर्पा र मोरङको बिराटनगर महानगरपालिका-१५ का ३५ वर्षीय शिरिस बोहरालाइ प्रहरीलले पक्राउ गरेको डीएसपी भण्डारीले बताए । पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामत गरिएको उनले बताए । दुबैजनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कानुनी कारवाहीका प्रक्रिया अगाडि  बढाइएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij