Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

झापाको अर्जुनधारामा शंकास्पद अवस्थामा महिलाको शव फेला

झापाको अर्जुनधारामा शंकास्पद अवस्थामा महिलाको शव फेला

  • काठमाडौंं । झापामा एक जना महिलाको शव फेला परेको छ । अर्जुनधारा नगरपालिका-६ बिहानीटोलमा ५० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

    images
    images
    images

    मृतक इलाम माई नगरपालिका-१ महमाई कलकत्ते माइती भई बिर्तामोड नगरपालिका-५ मा बस्ने ५० वर्षीया माया मगर छिन् ।

    उनको टाउकोमा ढुंगाले हिर्काएको जस्तो चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । महिला मृत फेला परेपछि इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको कमाण्डमा टोली खटिएको छ । प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ ।

    ‘टाउकोमा ढुंगाले लागेर मृत्यु भएको जस्तो देखिन्छ । हानेको हो कि जस्तो देखिन्छ,’ कार्कीले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।’

    कोशी प्रदेश प्रहरी केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली खटिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij