
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको बेसमेन्ट खाली गर्ने भएको छ । काठमाडौं मलको बेसमेन्टमा रहेका सटरहरू हटाएर पार्किङका लागि खुला गराउने तयारी भइरहेको महानगरको प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु जोशीले बताए ।
उनकाअनुसार उक्त क्षेत्रमा माइकिङ गरेर केही समयदेखि जानकारी गराउने काम भइरहेको छ ।
'मलको नक्सामा बेसमेन्ट पार्किङ भनेर उल्लेख गरिएको छ । तर अहिलेसम्म पनि त्यहाँ विभिन्न पसलहरू सञ्चालन नै भइरहेको पाइयो, त्यसैले खाली गर्न लागिएको हो,' उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij