Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बरहथवामा घटना : गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

बरहथवामा घटना : गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

  • काठमाडौं । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटनामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ ।  छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ ।

    images
    images
    images

    समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

    बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ ।

    समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij