
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौैं । पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाका मृत्यु भएको सेनाले जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार शाखाले बुधबार राति पख्तुनख्वा प्रान्तको लक्की कारवत जिल्लामा सुरक्षा बल र सशस्त्र समूहबिच झडप भएको जनाएको छ ।
सेनाले गोलाबारीमा संलग्न दुई आतङ्ककारी सैन्य कारबाहीमा मारिएको र दुई सैनिकको पनि मृत्यु भएको जनाएको छ । सेनाले घटनास्थलबाट उक्त समूहको साथबाट हतियार, गोली तथा विस्फोटक पदार्थ बरामद गरिएको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij