Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

पाकिस्तानबाट आयो एउटा दर्दनाक घटना...

पाकिस्तानबाट आयो एउटा दर्दनाक घटना...

  • काठमाडौं । पाकिस्तानबाट एउटा दर्दनाक घटना बाहिर आएको छ । यहाँ एकै परिवारका ११ जना घरमा मृत फेला परेका छन् ।

    images
    images
    images

    उनीहरुको शव लक्की मारवत जिल्लाको तख्ती खेल टाउनमा रहेको एक घरबाट भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई महिला र दुई बालबालिका पनि छन् । प्रहरी टोलीले घर पूरै सिल गरेको छ ।

    घरायसी विवादका कारण यी व्यक्तिले दुई दिनअघि खानामा विष मिसाएर सेवन गरेको प्रहरीको आशंका छ । मृतकको परिवारका एक सदस्यले दुई दिनअघि वजिरिस्तानबाट खाना किनेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

    प्रदेशका कार्यवाहक मुख्यमन्त्री न्यायधिश (निवृत्त) अरशद हुसेनले यस विषयमा आईजीपीसँग विस्तृत प्रतिवेदन मागेका छन् । उनले घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij