
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका– १ लक्ष्मीबास बस्ने २६ वर्षीय हिरेन्द्र महरा चमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बुधबार बिहान करिब २ बजे गौशाला नगरपालिका –४ रजखोरस्थित विनोदकुमार सिंहले आफ्नो घर आँगनमा पार्किङ गरी राखेको ज ९ प ३५५ नम्बरको डिस्कभर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा चमारलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij