
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाल वायुसेवा निगमका एक पाइलटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नेवानीका आठौं तहका विमान चालक सम्राटबहादुर शाहविरुद्ध मुद्दा परेको हो ।
उनीमाथि २०७१ फागुन १० देखि जुनियर क्याप्टेनमा नियुक्ति भई आठौं तहको क्याप्टेनमा बढुवा हुँदा शैक्षिक योग्यताको नक्कली सर्टिफिकेट पेस गरेको आरोप छ । उनीविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij