
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । रुसी युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका-१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो’ उनले भने ।वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो ।
करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij