
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । योनहाप समाचार एजेन्सीको रिपोर्ट अनुसार यो घटना बुसानमा भएको हो ।
आक्रमणकारीले विपक्षी नेता ली जे-म्युङको घाँटीको देब्रे भागमा छुरी प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । रिपोर्टका अनुसार उनलाई अस्पताल पुर्याउँदा होशमा थिए ।
५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij