Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

पाटन पसेर मिडिया कपमा चितवनको पकड 

पाटन पसेर मिडिया कपमा चितवनको पकड 

  • केके मानन्धर 

    images
    images
    images

    सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला शाखा च्याम्पियन भएको छ । ललितपुरमा सम्पन्न भएको प्रतियोगितामा छ वटा समूहबीच प्रतिस्पर्धा गर्दै चितवनले उपाधि जितेको हो । समूह चरण सकिएलगत्तै सम्पन्न भएको महिला पत्रकार र महिला कलाकारबीचको मैत्रीपूर्ण खेलमा महिला पत्रकार २–१ गोल अन्तरले विजयी भएको थियो । फुटसलमा उपाधि जितेका खेलाडीहरुलाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले प्रमाणपत्र दिनुभएको थियो । 

    2 (1).jpg

    नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको स्मृतिमा फुटसल प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय कार्यसमिति, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, नेवाः कलाकार, महिला पत्रकार, महिला कलाकार, ललितपुर, काठमाडौं र पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला शाखाको सहभागिता थियो । प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

    May be an image of 5 people and text

    फुटसल प्रतियागितालाई पत्रकार राष्ट्रिय दबूका सहसचिव प्रजित शाक्यले संयोजन गरेका हुन् । जन्मजयन्ती कार्यक्रम संयोजन गर्ने जिम्मेवारी सचिव राजु नापितलाई दिइएको पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

    May be an image of 6 people, people playing football and text

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij