
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्कुलमा अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।
महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो ।
यसअघि शुक्रबार नै महानगरले चाडपर्वका नाममा अतिरिक्त पोशाक किन्न बाध्य नगराउन विद्यालयहरुलाई सूचित गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij