
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । महोत्तरीको सोनामा गाउँपालिका-३ स्थित मरहा खोलाबाट सालनालसहित फालिएको शिशु फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक नेतृत्वको टोलीले मृत अवस्थामा शिशु फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का गरी मृत शिशुको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij