Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

हेटौँडामा आगलागी

हेटौँडामा आगलागी

  • काठमाडौं । हेटौँडा उपमहानगरपालिका-१३ टुटेपानीस्थित एक गोठमा आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

    images
    images
    images

    उत्तम गुम्जाको घरसँग जोडिएको जस्ता र काठले बनेकोको गोठमा गएराति अचानक आगलागी हुँदा उक्त गोठभित्र रहेको दुई वटा राँगाको अगाडि र पछाडिका खुट्टामा जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    आगलागीमा १५ सय केजी मकै, सालको काठ ३५० क्युफिट काठ, जस्तापाता १३५ थान जले नष्ट हुँदा करिब नौ लाख सत्तरी हजार रुपियाँ बराबरको क्षति भएको छ । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij