
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पोखरा महानगरपालिका– ६ का सदस्यसहित ठगी आरोपमा कास्की प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा खहरेका वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र लेकसाइडकै २४ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
आरोपीहरूले फेवाताल किनारको फुट–ट्र्याकमा फोटोग्राफी व्यवसाय गर्ने व्यवस्था मिलाइदिन्छु भन्दै १५ जनाबाट प्रतिव्यक्ति १३ हजार रुपैयाँ लिएको भनी पीडितहरूले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी थापाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij