
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । मकवानपुरको हेटौँडा उपमहागरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३२ वर्षीया निशा कुमारीको ज्यान गएको हो । उहाँ मोटरसाइकलमा सवार हुनुहुन्थ्यो ।
मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते हुनुभएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij