
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टले राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी पाउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषदले ओलम्पियन विष्टलाई उक्त जिम्मेवारी दिएको हो । यसअघि विष्ट तालिम तथा प्रशिक्षण विभाग अन्तर्गत तेक्वान्दो प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुनुहुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij