
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीले आन्दोलन सुरु गरेका छन् । ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाका आधारमा दिने निर्णयको विरोधमा आन्दोलन सुरु गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउन्ड ह्यान्डलिङ वायुसेवा निगमले नै पाउनुपर्ने उनीहरूले माग राखेका हुन् । वार्षिक चार अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij