
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपाल वायुसेवा निगमले अपांगता परिचयपत्र भएका यात्रुलाई ५० प्रतिशत छुट दिने भएको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आइतबारबाटै लागू हुने गरी छुट दिने भएको छ । जसअनुसार रातो, निलो र पहेँलो वर्गको परिचयपत्र लिएका यात्रुले आन्तरिक उडानमा छुट पाउनेछन् ।
निगमका अनुसार निगमको हरेक आन्तरिक उडानमा पहिला आउने २ जनालाई यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। यात्रुले छुट सुविधाको लागि आफ्नो सक्कल परिचयपत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij