
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । ओर्लिने क्रममा लडेकी वृद्धाको आफै चढेको बसले किचिँदा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसले किच्दा ७० वर्षीया कान्छी माया घलानको ज्यान गएको हो ।
ओर्लिने क्रममा चालकले बस अगाडि बढाउँदा उनी लडेकी थिइन् । बसको पछाडिको टायरले किचिँदा घाइते भएकी थिइन् ।उपचारका लागि ललितपुरको बीएन्डबी अस्पताल लगिएकी वृद्धालाई चिकित्कसले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बस चालक २६ वर्षीया राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij