
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।
आज बिहान खनाल निवास डल्लुमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij