
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बिहीबारदेखि प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ मध्यपूर्वका कतार र इराकमा रिलिज भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले ती मुलुकमा फिल्म प्रदर्शनमा ल्याएको हो ।
यो फिल्म यसअघि यूएई, ओमान र बहरानमा प्रदर्शन भइसकेको छ । इराकमा दुई र कतारका सात हलमा फिल्म रिलिज भएको सेभेन सिजका मध्यपूर्व वितरक रमेश ढकालले जनाएका छन् ।
इराक नेपाली फिल्मका लागि नयाँ बजार हो । यसअघि त्यहाँ छक्कापञ्जा ४, पशुपतिप्रसाद २ र जारी रिलिज भएका छन् ।यो फिल्मले वैदेशिक रोजगारको सामाजिक प्रभावको कथा पेश गर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij