Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जुवातास खेलिरहेका रिसोर्ट संचालकसहित १६ जना पक्राउ

जुवातास खेलिरहेका रिसोर्ट संचालकसहित १६ जना पक्राउ

  • काठमाडौँ । जुवातास (कौडा) खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका हुन् । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij