
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दिनको खेलमा शनिबार ललितपुर सिटी एफएसी र पोखरा थन्डर्स विजयी भएका छन् । बुटवल लुम्बिनी एफसीलाई साविक विजेता ललितपुरले पराजित गरेको हो ।
ललितपुर सिटी एफएसीले दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले पराजित गरेको हो । ललितपुरको जितमा दिनेश हेम्जन र अनन्त तामाङले एक एक गोल गरेका थिए । दिनेशले खेलको २६औं मिनेटमा गोल गरेका थिए । त्यस्तै अनन्तले खेलको ३१औं मिनेटमा गोल गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij